चर्चित सुन्दरी ‘सौम्या टंडन’ गर्भवती

12.66K
shares

एजेन्सी । टिभी शो ‘भाबीजी घर पर हैं’ की अनिता भाभी अर्थात सौम्या टंडन गर्भवती भएकी छन्। केही समय अगाडि सौम्याले बेबी बंपसँग फोटोशुट गराएकी छन्। उनले एउटा फोटो आफ्ना फ्यानकालागि सामाजिक संजालमा शेयर गरेकी छन्।

फोटोमा सौम्याले कलेजी रङको लामो शर्ट लगाएकी छन्। सौम्याले आफू गर्भवती हुनु जीवनकै सुन्दर अनुभव भएको बताएकी छन्। सौम्या सधैं लो प्रोफाइलमा बस्न रुचाउँछिन्।

डिसेम्बर २०१६ मा उनले बैंकर ब्वाइफ्रेण्ड सौरभ देवेन्द्र सिंहसँग विवाह गरेकी थिइन्। विवाह अगाडि दुवैले दश वर्षसम्म डेट गरेका थिए। सौम्या गर्भवती भएपछि उनले भारतीय संचारमाध्यमसँग कुरा गरेकी छन्। उनले आफूले बच्चालाई जन्म दिएपछि काम छोड्ने कुनै योजना नरहेको बताइन्। उनले आफूले नयाँ बच्चाकालागि प्रेरणा हुने काम गर्न चाहेको समेत बताइन्।

उनले शुभचिन्तक र दर्शकसँग भेट हुने सबैभन्दा राम्रो तरिका सामाजिक संजाल भएको उल्लेख गर्दै फ्यानकालागि आफूले बेला बेलामा सामाजिक संजालमा फोटो शेयर गर्ने गरेको बताइन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083