१३औँ पुण्यतिथिमा सम्झिए पद्मरत्नका योगदान

5.21K
shares

काठमाडौँ । नेपाल संवत् आन्दोलनका प्रणेता, अधिकारकर्मी तथा आदिवासी जनजाति आन्दोलनका अगुवा पद्मरत्न तुलाधर दिवङ्गत भएको १३औँ पुण्यतिथिका दिन शुक्रबार वसन्तपुरमा आयोजित श्रद्धान्जलि सभामा भाषा, समावेशिता, मानव अधिकार र शान्ति प्रक्रियामा तुलाधरले पु¥याउनुभएको योगदानको स्मरण गरियो।

सो सभालाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले तुलाधरप्रतिको सम्मानलाई औपचारिकतामा मात्र सीमित नराखी जनस्तरबाट अभियानको रुपमा अघि बढाउनुपर्ने र उनका सकारात्मक सन्देशलाई चिरस्थायी बनाउन नयाँ पुस्तामाझ पुर्याउनुपर्ने खाँचो औँल्याए।

दिवङ्गत तुलाधरलाई मुलुकमा निरङ्कुश शासन रहँदा निर्भिक भएर आन्दोलनको अगुवाइ गर्ने महानायकको रुपमा स्मरण गर्दै उनले तुलाधरको हरेक भूमिका सशक्त र निष्ठापूर्ण भएको बताए। पूर्व सभामुख दमननाथ ढुँगानाले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन तुलाधरसँग वर्षौं सँगै हिँडेको र अब पनि उहाँकै मार्गमा हिँडेर उहाँद्वारा थालिएका अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।

आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष गोविन्द छन्त्यालले तुलाधरलाई आदिवासी जनजाति आन्दोलनको पर्यायको रुपमा स्मरण गरे। राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले उत्पीडित र पिछडिएका समुदायको अधिकार स्थापित गर्ने सङ्घर्षमा तुलाधरको हिस्सेदारी अतुलनीय रहेको बताए। श्रद्धान्जली सभा आयोजक समितिका तर्फबाट अधिकारकर्मी मल्ल के सुन्दरले तुलाधर जस्ता व्यक्ति फेरि फेरि जन्मिरहूँन भनी कामना गर्नु सान्दर्भिक हुने विचार व्यक्त गरे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083