१३औँ पुण्यतिथिमा सम्झिए पद्मरत्नका योगदान

Nepal Life Insurance Long Ad

काठमाडौँ । नेपाल संवत् आन्दोलनका प्रणेता, अधिकारकर्मी तथा आदिवासी जनजाति आन्दोलनका अगुवा पद्मरत्न तुलाधर दिवङ्गत भएको १३औँ पुण्यतिथिका दिन शुक्रबार वसन्तपुरमा आयोजित श्रद्धान्जलि सभामा भाषा, समावेशिता, मानव अधिकार र शान्ति प्रक्रियामा तुलाधरले पु¥याउनुभएको योगदानको स्मरण गरियो।

सो सभालाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले तुलाधरप्रतिको सम्मानलाई औपचारिकतामा मात्र सीमित नराखी जनस्तरबाट अभियानको रुपमा अघि बढाउनुपर्ने र उनका सकारात्मक सन्देशलाई चिरस्थायी बनाउन नयाँ पुस्तामाझ पुर्याउनुपर्ने खाँचो औँल्याए।

दिवङ्गत तुलाधरलाई मुलुकमा निरङ्कुश शासन रहँदा निर्भिक भएर आन्दोलनको अगुवाइ गर्ने महानायकको रुपमा स्मरण गर्दै उनले तुलाधरको हरेक भूमिका सशक्त र निष्ठापूर्ण भएको बताए। पूर्व सभामुख दमननाथ ढुँगानाले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन तुलाधरसँग वर्षौं सँगै हिँडेको र अब पनि उहाँकै मार्गमा हिँडेर उहाँद्वारा थालिएका अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।

आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष गोविन्द छन्त्यालले तुलाधरलाई आदिवासी जनजाति आन्दोलनको पर्यायको रुपमा स्मरण गरे। राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले उत्पीडित र पिछडिएका समुदायको अधिकार स्थापित गर्ने सङ्घर्षमा तुलाधरको हिस्सेदारी अतुलनीय रहेको बताए। श्रद्धान्जली सभा आयोजक समितिका तर्फबाट अधिकारकर्मी मल्ल के सुन्दरले तुलाधर जस्ता व्यक्ति फेरि फेरि जन्मिरहूँन भनी कामना गर्नु सान्दर्भिक हुने विचार व्यक्त गरे।


प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

२०८१ फागुन ८ बिहीवार

काठमाडौ ।   अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिले KIIT...

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

२०८१ माघ २९ मंगलवार

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय...

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

२०८१ माघ २८ सोमवार

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक...

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

२०८१ माघ २० आइतवार

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

२०८१ मंसिर ८ शनिवार

रुपन्देही ।  गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा सन्चालन अन्तरक्रिया...