प्रधानमन्त्री ओली जंगबहादुर र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख : केसी
वि.सं.२०७५ कात्तिक ३० शुक्रवार १५:३१
shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको गम्भिर आरोप लगाएका छन्। उनले प्रधानमन्त्रीले काम भन्दा बढि कुरा गरेको,आफूमा शक्ति केन्द्रित गर्न खोजेको र सत्ता र शक्तिको उन्माद चढेको आरोप लगाए।
शुक्रबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता केसीले भने-वर्तमान सरकारको ९ महिने कार्यकाल पुग्न अब चार दिन मात्रै बाँकी छ । समग्र रुपमा यो सरकार असफलतातर्फ उन्मुख छ। निर्वाचनको बेला जनतामा झुठको पुलिन्दा बाँड्यो । तर, अहिले काम गर्न सकेको छैन्।’
उनले प्रधानमन्त्री ओलीले २५ अर्बभन्दा माथिका परियोजनाहरु आफू मातहातमा केन्द्रित गरेकोमा पनि आपत्ति जनाए। केसीले भने,‘यो ९ महिनामा सरकारले के चाहीँ राम्रो काम गर्यो तरु वृद्धभत्ताको कुरा उठाउँदा उठाउँदै म त थाकिसकें। सत्तामा आउनुभन्दा पहिले ओलीजी र प्रचण्डजीले भ्रष्टाचारीहरुलाई जेल हाल्छौं, कारबाही गर्छौं भनेर चर्को स्वरमा बोल्नुभयो। तर, सत्तामा आएपछि अहिलेसम्म केही भएको छ तरु बरु बुढीगण्डकी परियोजना बिना प्रतिष्पर्धा दिइयोरु वाईडबडीको विवाद त्यस्तै छ। साँढे ३३ केजी सुन कहाँ छरु यो प्रकरणमा पक्राउ परेकाहरुलाई किन गुपचुप राखिएको छरु राख्नुपर्ने कारण के हो ?






























