शिक्षाको माध्यमबाट राष्ट्रको समग्र विकासमा जोड

5.76K
shares

काठमाडौं। ‘शिक्षाका लागि विश्व अभियान’ को छैठौं सम्मेलन काठमाडौंमा सुरु हुने भएको छ। सार्वजनिक शिक्षालाई विश्वभर गुणस्तरीय बनाउने गरी आवश्यक रणनीति तय गर्ने मूल एजेन्डासहित शुक्रबारबाट काठमाडौंमा सो सम्मेलनको शुभारम्भ गरिएको हो।

तीन दिनसम्म चल्ने सम्मेलनले विश्वभर सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन आवश्यक नीति तय गर्ने अभियानका नेपाल अध्यक्ष कुमार भट्टराईले जानकारी दिए।

्सम्मेलनको उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सार्वजनिक शिक्षाको माध्यमबाट राष्ट्रको समग्र विकासमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याए। उनले राष्ट्रको समृद्धिको मूल आधार शिक्षा भएकाले सबैलाई शिक्षाको दायरामा ल्याउन नेपाल सरकारले विशेष अभियाननै संचालन गरिरहेको उल्लेख गरे।

विश्वभरका शिक्षा अधिकारकर्मीहरुको साझा संजालको रुपमा रहेको सो अभियानको सम्मेलनमा सय भन्दा बढी देशका २ सय ५० जनाभन्दा बढी शिक्षाप्रेमीहरु सहभागी भएका छन्। सम्मेलनलाई संयुक्त राष्ट्र संघका उपमहासचिव अमिना मोहम्मदले पनि सम्बोधन गरेका थिए।

अभियानले न्याय, समानता र समावेशीताको लागि सार्वजनिक शिक्षाको रुपान्तरणमा जोड दिँदै आएको छ। सम्मेलनले अभियानको नयाँ नेतृत्व पनि चयन गर्ने शिक्षाका लागि विश्व अभियान, नेपालका अध्यक्ष भट्टराईले जानकारी दिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083