जब यात्रुहरुसँग क्रूले विमानको मर्मत विलका लागि पैंसा मागे

7.05K
shares

एजेन्सी । पोल्याण्डको एक एअरलाइन्सले उडान भर्नका लागि विमान रिपेयरिंगका लागि यात्रीहरुसँगै रुपैयाँ माग गरेको समाचार आएको छ । यो घटना चीनको बेइजिंगमा भएको हो । बेइजिंगबाट वार्साका लागि उडान भर्ने तयारीमा रहेको फ्लाइटका क्रू मेम्बरले प्यासेन्जर्ससँग भने विमानमा केही प्राविधिक समस्या आएको छ । जसका कारण उडान भर्न ढिलाई यो ।

यसको रिपेयरिंग बिल भर्नका लागि रुपैयाँ जम्मा गर्नुपर्ने भयो । अनिमात्र विमान टेकअफ गर्नेछ । यो घटनामा एअरलाइन्स कम्पनीले माफि भने मागेको छ । यो घटना १२ नोभेम्बरको हो । पोल्याण्डको एलओटी एअरलाइन्सको बोइंग प्लेनको हाइड्रालिक पम्प बेइजिंग एअरपोर्टम खराब भयो । यसका कारण फ्लाइट १० घण्टा डिले भइसकेको थियो । विमान रिपेयर भएपछि रिपेयरम्यानलाई पैसा दिन क्रूले यात्रिहरुसँग पैंसा मागे ।

चार जना यात्रुले मिलेर २५०० युआन क्रूलाई दिए । त्यसपछि मात्र विमानले उडान भर्यो । विमान वार्सा पुगेपछि रिपेयरिंगका लागि पैसा दिने यात्रीहरुलाई सो रुपैयाँ फिर्ता गरियो । यसपछि सो एअरलाइन्सले फ्रि अफर्स पनि दियो । तर, घटनबारे कम्पनीले विज्ञप्ति जारी गर्दै बेइजिंगस्थित आफ्ना प्रतिनिधिको गल्तिले यस्तो घटना भएको बताएको छ ।

एलओटीका प्रवक्ता एड्रियन क्यूबिकीले चीनस्थित प्रतिनिधिसँग आवश्यक क्यास वा क्रेडिट कार्ड हुनुपर्ने बताए । उनले यात्रीहरुसँग कुनै पनि अवस्थामा पैँसा माग्नु गल्ति भएको गल्ति भएको बताए । उनले पैंसा माग्ने क्रूलाई कारबाही गरिनेसमेत बताए । उनले घटनाबारे छानविन हुने बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083