जुवाखालमा छानविन गर्ने क्रममा ४ जुवाडे पक्राउ

4.76K
shares

दमौली । प्रहरीले जुवा खेलिरहेको अवस्थामा मंगलबार राति तनहुँको शुक्ला गण्डकी नगरपालिका ९ मालेबगरबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ का विनोद ठकुरी, सोही ठाउँका दीपककुमार श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–९ का होमबहादुर थापा र सुकबहादुर थापा छन् ।

मालेबगरका खेमराज सुवेदीको घरमा नेत्रबहादुर कार्कीले कोठा भाडामा लिई जुवा खेलाउने गरेको सूचनाका आधारमा छापा मार्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहले जानकारी दिए । उनीहरुको साथबाट रु ८१ हजार बरामद गरिएको छ । पक्राउ परेका सबैजना विरुद्ध जुवा ऐनअन्तर्गत मुद्दा चलाइने शाहले बताए ।