बाटोमा दिसा गर्ने छ जना पक्राउ, जनही पाँच सय जरिवाना
वि.सं.२०७५ मंसिर ६ बिहीवार १३:४१
5.73K
shares
shares

महोत्तरी । प्रहरीले बिहीबार बिहान महोत्तरीको गौशालाबाट बाटोमा दिसा गर्दै गरेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ।
बिहान ४ बजे खटिएको प्रहरी टोलीले बाटोमा दिसा गर्न बसेका छ पुरुषलाई पक्राउ गरेको हो। पक्राऊ परेका व्यक्तिबाट जनही ५०० का दरले जरिवाना लिएर छाडिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
लामो सयमदेखि महोत्तरीलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने समय तोकिए पनि हालसम्म पूरा हुनसकेको छैन्।



















