तेह्रथुममा १३ वर्षीया बालिका बलात्कृत
वि.सं.२०७५ मंसिर ६ बिहीवार १४:५९
5.25K
shares
shares

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिकामा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । मंगलबार राती १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा म्याङलुङ नगरपालिका–३ बस्ने सन्तोष लिम्बुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पाँचथरको कुम्मायक गाउँपालिका–४ रानीगाउँ स्थायी घर भई म्याङलुङ बस्दै आएका सन्तोष लिम्बुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच, आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा रोल्पाको सुनिलस्मृति गाउँपालिका–५ काभ्रे बस्ने ईन्द्रबहादुर घर्तीमगर पक्राउ परेका छन् ।
ईन्द्रबहादुरले बुधबार ४२ वर्षीया श्रीमती त्रिमता घर्तीमगरलाई बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका उनले घरायसी विवादमा बञ्चरो प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।






























