ए डिभिजन लिग : मनाङको लगातार तेस्रो जित, थ्री स्टार पराजित

8K
shares

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगको आजको खेलमा मनाङ मर्स्याङ्दीले थ्री स्टारलाई २(१ ले पराजित गरेको छ। यो जितसँगै मनाङ नौ अंकका साथ अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ।

खेलको ११ औँ मिनेटमै अन्जन विष्टले गोल गरी मनाङलाई अग्रता दिलाएका थिए। एक गोलले पछि परेको थ्री स्टारलाई अर्को धक्का त्यसको सात मिनेटमै लाग्यो जब विजय धिमालले आफ्नै पोस्टमा आत्मघाती गोल गरे।

खेल सकिन ६ मिनेट बाँकी रहँदा रन्जित धिमालले थ्री स्टारको तर्फबाट गोल त गरे तर त्यो हार टार्न पर्याप्त भएन। मनाङको यो सिजनमा लगातार तेस्रो जित हो भने थ्री स्टार पहिलो पटक हारेको हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083