आजको पत्रपत्रिका : नयाँ पाठ्यक्रम नमुना परीक्षण हुँदै

6.64K
shares

नयाँ पाठ्यक्रम नमुना परीक्षण हुँदै

काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि देशभरका एक सय विद्यालयमा कक्षा १ र ११ को नयाँ पाठ्यक्रम परीक्षणको रुपमा लागु हुने भएको छ । नयाँ पाठ्यक्रमको प्रारुप स्विकृत भएसंगै यसलाई परीक्षणको रुपमा लागु गर्न लागिएको हो ।

पाठ्यक्रम केन्द्रका महानिर्देशक डा।लेखनाथ पौडेलले यो वर्ष १ र ११ कक्षाका पाठ्यक्रम परीक्षण लागू गरी बिसं २०७७ देखि देशैभर नयाँ पाठ्यक्रम लागु गर्ने जानकारी दिए ।

नेकपा सचिवालय बैठक : कार्यदलको प्रतिवेदन पेश

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन पेश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकमा महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा सदस्य रहेको कार्यदलले उक्त प्रस्ताव पेश गरेको हो ।

प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि आज प्रतिवेदन पेश भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रतिवेदनबारे शुक्रबार दिउँसो बस्ने सचिवालय बैठकमा छलफल हुने कार्यसूची तय गरिएको छ । प्रवक्ता श्रेष्ठले प्रदेश कमिटीको एकीकरणको विषयलाई टुङ्गो लगाएपछि साङ्गठनिक एकीकरणको विषय अघि बढाइने जानकारी दिए ।

प्रदेश र साङ्गठनिक एकीकरण तथा गठनको अन्तिम निर्णय भने स्थायी कमिटीले गर्ने उनले बताए। कार्यदलले पेश गरेको प्रतिवेदनलाई छलफल गरी अन्तिम निष्कर्ष दिइनेछ । आजको बैठकको सरकारको काम कारवाहीका विषयमा समेत समीक्षा गर्ने कार्यसूचीमा रहेको थियो । तर उक्त विषय आजको बैठक प्रवेश नै नगरेको बताइन्छ ।

कति प्रगति भयो नयाँ कानुन निर्माणमा ? विभिन्न मन्त्रालयसँग विवरण मागिने

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले अर्को हप्ताबाट कानुन निर्माणमा भएका प्रगतिबारे विभिन्न मन्त्रालयसँग छलफल गर्ने भएको छ । उक्त मन्त्रालयका प्रवक्ता धनराज ज्ञवालीले अहिलेसम्म भएका प्रगति बिबरणबारे समीक्षासहित समन्वय गरिने जानकारी दिँदै भने–‘नमिलेका र आवश्यक परेका कानुन संशोधनका लागि परिपत्र गरिसकेका छौं, अब प्रत्येक मन्त्रालयको बैठकमा अहिलेसम्म भएका प्रगति र समस्याबारे छलफल गरिनेछ ।

मन्त्रालयले गरेका काम हेरेर आवश्यक ठाउँमा समन्वय गरिनेछ । कानुन मन्त्रालयले असोज २५ गते २२ वटै मन्त्रालयलाई परिपत्र गरेको थियो । अहिले संघीय सरकारमा २२ मन्त्रालय छन्, जसमा ३ जना राज्यमन्त्री छन् । प्रत्येक प्रदेशमा ७ वटा मन्त्रालय रहेका छन् । केन्द्रीय सरकारको नामजस्तै रहेका मन्त्रालय र संघीय ९केन्द्रीय० सरकारको अधिकार कति भन्ने पनि बिबाद छ ।