डडेल्धुरा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो : ६ जनाको सनाखत

5.12K
shares

डडेल्धुरा । डडेल्धुराको उग्रतारा मन्दिरको जात्रा हेरेर फर्किरहेका यात्रु चढेको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बिहीबार बेलुकी डडेल्धुराको अमरगढी नगरपालिका–११ मा पर्ने केआई सिंह राजमार्गको रडुवा भन्ने स्थानमा डोटीको पीसजोन विद्या निकेतनको से १ क २९३ नम्बरको बस दुर्घटना भएको थियो ।

शुक्रबार बिहान ३ बजेसम्म घटनास्थलमा रहेका डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनदेव जोशीले मृतक १८ जनामध्ये ५ जना महिला र १३ पुरुष रहेको बताए । उनीहरु मध्ये ६ जनाको मात्रै सनाखत भएको सुदूरपश्चिम प्रहरी प्रमुख सुरज केसीले जानकारी दिएका छन् । दुर्घटनामा घाइते भएका १३ जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । गभ्भीर घाइते १५ जनालाई उपचारका लागि धनगढी ल्याइएको छ ।

सनाखत भएका मृतकहरु
१) डोटीको नवदुर्गा गाउँपालिका-३ का २२ वर्षका चक्र धामी
२) दिपायल सिलगढी नगरपालिका-३५ वर्षका शशि विक
३) शिखर गाउँपालिका-११ का २५ वर्षका गोदा भाट
४) शिखर गाउँपालिका-११ का ४० वर्षका कैलाश रावल
५) शिखर गाउँपालिका-११ का ४० वर्षकै योगेन्द्र रावल
६) शिखर नगरपालिका-१० का १६ वर्षका रोहित बलायर