सांसद भट्टको पहलमा घाईतेको उद्धारका लागि हेलिकोप्टर जाँदै
वि.सं.२०७५ मंसिर ७ शुक्रवार ०९:५५
5.46K
shares
shares

काठमाडौं । दार्चुलाको मालिकार्जुनमा भएको मिनि बस दुर्घटनामा परेका घाईतेहरुको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ । सांसद तथा पूर्वमन्त्री लेखराज भट्टको पहलमा घटनास्थलमा हेलिकोप्टर परिचालन गरिएको हो ।
आज बिहान मालिकार्जुन मेलाबाट फर्किंदै गरेका यात्रु चढेको मिनि बस खलंगा जाँदै गर्दा दुर्घटनामा परेको थियो । हेलिकप्टरले आज बिहानै डडेल्धुरामा भएको अर्को दुर्घटनाका घाईतेको पनि उद्धार गर्ने छ । राती हेलिकप्टर जान नसक्ने भएपछि रडुवा खोलाका घाईतेहरुलाई थप उपचारका लागि पहल गर्न हेलिकप्टर पठाईएको सांसद भट्टले बताए ।





























