एक दर्जन प्रहरी एकाइ पुनःनिर्माण

5.73K
shares

बेत्रावती । सशस्त्र दश वर्षे युद्ध र विनाशकारी भूकम्पले क्षति पुगेका नुवाकोटका ११ प्रहरी एकाइको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ। भूकम्पपछिको पुनःनिर्माण कार्यक्रमअन्तर्गत ती एकाइमध्ये तीन वटाको निर्माण सम्पन्न भइसकेको छ।

ती भवन उद्घाटनको पखाईमा रहेको र बाँकी आठवटा भवन पनि सम्पन्न हुने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए। सशस्त्र दशवर्षे युद्धमा ध्वस्त बनेका र विनाशकारी भूकम्पले क्षति पुगेका ती एकाइ राष्ट्रिय पुनःनिर्माण कोषमार्फत निर्माण गरिएको हो।” प्रहरी उपरीक्षक कुँवरले भने, “अझै आधा दर्जन प्रहरी एकाइ पुनःनिर्माणका लागि जग्गाको व्यवस्थापनमा लागिपरेका छौँ।

ती भवनको निर्माण ठेकेदारमार्फत बनाइएको र एउटा भवनका निर्माणमा रु एक करोडभन्दा खर्च भएको बताइएको छ। नयाँ बनाइएका भवनमा आवासीय व्यवस्था, हिरासत कक्ष, सुरक्षा पोष्ट, भन्साघरलगायते व्यवस्था भएकाले हाल टहरा र भाडाको घरबाट सेवा पुर्याउँदै आएको प्रहरीलाई उच्च मनोबलको साथ शान्ति सुरक्षा कायम राख्न प्रेरणा मिल्ने उक्त कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए।

अस्थायी बासस्थान र भाडाको भवनमा बस्दै आएका झिल्टुङ, किम्ताङ, मैलुङ, गुज्रे, सिसडोल, शेराबगर, दाङसिङ, पञ्चकन्या, बाघखोरका प्रहरी एकाइ तथा नगर प्रहरी चौकी कोलनीको निर्माण गर्न बजेट र जग्गाको अभावले रोकिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083