पर्यटक चरा : रुसदेखि आए चितवन

5.53K
shares

चितवन । रुस, भारत, चीन, श्रीलङ्कालगायत देशबाट चरा जाडो छल्न यहाँ आइपुगेका छन्। हरेक वर्ष जाडो मौसममा चरा यहाँ आउने गर्दछन्।

सौराहास्थित बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष एवं सल्लाहकार वासु बिडारीले पानीमा आश्रित खोया हाँस, चखेवा, लामठुडे हाँस, बेल्चाठुडे हाँसलगायत चरा मधेश र भित्री मधेशमा आइपुगेको बताए। सबैभन्दा बढी चरा रुसको साइबेरियाबाट आउने गर्दछन्। नेपालबाट साइबेरियासम्मको दूरी १२ हजार किलोमिटरभन्दा बढी छ। ती चरा सगरमाथामाथिबाट समेत उडेर आउने गरेको उहाँको भनाइ थियो।

लामो दूरीबाट आउने हुँदा ठाउँठाउँमा बस्दै जाडो छल्न आउने ती चराले यो समयमा प्रजनन कार्य गर्दैनन्। असोज महिनादेखि नै आउन शुरु गरेका चरा चैत महीनामा फर्कने गरेको उनले जानकारी गराए।

नेपालकै हिमाली क्षेत्रबाट पनि चरा मधेश झरेका छन्। बिडारीका अनुसार १५० भन्दा बढी प्रजातिका चरा चितवन आइपुगेका छन्। पानीमा आश्रित ती चरा चितवन राष्ट्रिय निकुञ्जभित्रका ताल र राप्ती नदी वरपर बस्ने गर्दछन्। मङ्सिर १५ गतेपछि पानीमा आश्रित चरा गणना गर्ने गरिन्छ। गत वर्ष नेपाल बाहिरबाट ५२ प्रजातिका चरा यहाँ आएको उनले बताए।

उक्त सोसाइटीका अध्यक्ष सरस्वती सेढाईंले प्रत्येक वर्ष बाहिरबाट आउने चराका प्रजाति बढदै आएको छ भने। गणनाका बेला विभिन्न प्रजातिका निकै देख्न सकिने चरा साइबेरियाभन्दा परबाट समेत आउने भएपछि यस समयमा चरा हेर्न रुचाउने पर्यटक बढी आउने जानकारी उनले दिए। उक्त सोसाइटीका अनुसार नेपालमा ८८७ प्रजातिका चरा रहेकामा ६३५ प्रजाति चितवनमा पाइन्छन्। यहाँ रहेको चितवन राष्ट्रिय निकुञ्जमा गर्मीयाममा पनि चरा धेरै देख्न सकिने भएपछि पर्यटकको आकर्षण चरा पनि बन्ने गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083