नेकपाको जनसभामा ‘विप्लव’को शुभकामना

वि.सं.२०७५ मंसिर ८ शनिवार १०:५१
4.42K
shares
shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शनिबार जनसभाको आयोजना गरेको छ । पार्टी पुनर्गठन दिवसका अवसरमा काठमाडौँमा र्याली र जनसभाको आयोजना गरिएको हो ।
जनसभालाई पार्टी महासचिव विप्लवले शुभकामना दिने भएका छन् । प्रदर्शनीमार्गमा जनसभा शुरु भएपछि महासचिव विप्लवको शुभकामना वाचन गरेर सुनाइने नेकपा केन्द्रीय समितिले जनाएको छ । जनसभाको सम्पूर्ण तयारी पूरा भएको जनसभा प्रचारप्रसार उपसमितिले जानकारी दिएको छ ।
जनसभालाई नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य प्रकाण्ड, नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष गोपाल किराँतीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा देशभरका नेता तथा कार्यकर्ताको सहभागिता रहनेछ ।