मिलन खलिङको ‘दिलै यो जलाई’ सार्वजनिक (भिडियोसहित)

7.71K
shares

काठमाडौं । डेब्यु गायक मिलन खलिङ राईको स्वर रहेको नयाँ गीत ‘दिलै यो जलाई’को भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक उक्त गीतमा पुष्प अधिकारी ‘एन्जल’को शब्द तथा दीपेन्द्र थिङको संगीत सुन्न सकिन्छ। गीतको एरेन्ज सुमन केसीले गरेका छन्। शान थापाको निर्देशनमा तयार भएको यस भिडियोमा पल शाह र एलिशा राई फिचरिङ छन्। रजिव समरको कोरियोग्राफी रहेको भिडियोमा पल र एलिशाको विछोडको पीडालाई देखाइएको छ।

महेन्द्र खलिङ राईको प्रस्तुतिमा निर्माण भएको भिडियोमा वुद्ध थापाको छायांकन रहेको छ। अर्जुन तिवारीको डिओपी रहेको भिडियोलाई सुप्रिम पराजुलीको सम्पादन गरेका छन्।

हेर्नुहोस् भिडियो :


divya collage
unigloble collage