हातेमालो गर्दै हिंसा प्रभावित महिला

5.43K
shares

घोराही । घोराही–१८ की सरस्वती खत्री, घोराही–९ की डिला चौधरी, तुलसीपुरकी दीपा बस्नेत, देउखुरीकी पिंकी सिंह लगायतका महिला अहिले एकै ठाउँमा बस्छन् । आफ्ना आफन्त, घरपरिवारबाट अपहेलना, दुव्र्यवहार, यातना सहन नसेकेर घरबाट निस्कन बाध्य उनीहरु अहिले एकैथलोमा बसेर सामूहिक व्यवसाय गरिरहेका छन् ।

नेपाल महिला सामुदायिक केन्द्रकी विमला योगीले दिएको चार कठ्ठा जग्गा र सानो घरमा उनीहरुको गुजारा चलिरहेको छ । उनीहरुले त्यहाँ बस्ने र खानेमात्रै गर्दैनन्, सामूहिक रूपमा कुखुरापालन, बाख्रापालन र च्याउखेती गरिरहेका छन् । त्यहीबाट हुने आम्दानी उनीहरुको रोजीरोटीको माध्यम बनेको छ ।

उनीहरु त्यसरी सामूहिक रूपमा बस्न थालेको करीब ६ वर्ष नाघिसक्यो । हिंसा प्रभावितको क्षेत्रमा काम गर्ने सङ्घसंस्था होस् वा सरकारी सेवा केन्द्रमा, लामो समयसम्म बस्न नपाउने व्यवस्था भएपछि उनीहरू सामूहिक रूपमा बसेर व्यवसाय गर्न थालेको हुन् । पूर्व हिंसापीडित महिला रचना सुवेदीको पहलमा यो सम्भव भएको हो । उनले नै हिंसापीडित महिलालाई यसरी एकीकृत गरेका हुन् । अहिले उनीहरुले त्यसलाई ‘सक्षम महिला सामुदायिक संस्था’ भन्ने नामसमेत दिएका छन् ।

अघिको जीवन जे जस्तो भए पनि पछिको जीवन राम्रो हुन्छ कि भन्ने कल्पना गरेर शुरुआत गरेका हौं” उनले भने, “हामीसँग पैसा छैन, ऋण गरेर काम थालेका छौं, सफलता असफलता समयले बताउने छ । अहिले उनीहरुको कुखुरा फार्ममा दैनिक ३ देखि ४ क्यारेट लोकल अण्डा उत्पादन भइरहेका र एउटा कोठाभरि च्याउ उत्पादन भइरहको छ । यसैगरी १५ स्थानीय जातका बाख्रा पनि उनीहरुले पालेका छन् ।

विसं २०६९ मा हिंसापीडित महिला एकजुट भएपछि जन्मिएको सक्षम महिला सामुदायिक संस्था अहिले थुप्रै  पीडित महिलालाई पीडा भुलाउने  बाटो बनेको छ । एकअर्का को दुःख, सुख सुनाउने  थलो  अहिले आत्मनिर्भरको बाटोतर्फ अगाडि बढेको छ । सामूहिक रूपमा काम गर्दा एक्लोपन हट्ने, सङ्घर्ष गर्ने हिम्मत आउने, एकअर्काको सहयोगले हौसला थपिदै गएको उनीहरु बताउँछन् । रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083