धारिलो हतियार प्रहार गरी काठमाडौँमा युवकको हत्या गर्ने पक्राउ

5.15K
shares

काठमाडौंँ । काठमाडौँ महानगरपालिका– ३२, गैरीगाउँमा धारिलो हतियार प्रहार गरी युवकको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले काठमाडौँ, तारकेश्वर नगरपालिका–७ का मनिष बानियाँ र महेश परियारलाई पक्राउ गरेको हो। प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले घटनाबारे अनुसन्धान भइरहेको बताए।

लागुऔषध राख्ने विषयमा झगडा भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ। बानियाँ र परियारले मोरङ, उर्लाबारी घर भई हाल काठमाडौँ, सुकुम्बासी टोल बस्दै आएका विक्की लिम्बूलाई शनिबार धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। उनीहरुले काठमाडौँ शान्तिनगरका अनिल श्रेष्ठलाईसमेत धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका छन्। श्रेष्ठको विर अस्पतालमा उपचार भइरहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083