टी–१० क्रिकेट लिगः सन्दीपलाई दोस्रो सफलता
वि.सं.२०७५ मंसिर १० सोमवार ०८:१४
5.12K
shares
shares

काठमाडौं । यूइएमा जारी टी १० क्रिकेट लिगमा आज पनि नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले शानदार प्रदर्शन गरेका छन् । आज पनि उनले पहिलो ओभरमै विकेट लिन सफल भए । भने, दोस्रो ओभरमा पनि विकेट लिएका छन् । आज उनको टिम केरेला किग्सले राजपुत्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
सन्दीपले अफगानिस्तानका बिस्फोटक ब्याट्स्म्यान मोहम्मद साहज्ड र वेष्टइन्डिजका कार्लोस व्रेथलेटको विकेट लिएका हुन् । उनले आज आफ्नो पहिलो ओभरमा ६ रन खर्च गरे । दोस्रो आभेरमा भने बहंगो सावित भए । आफ्नो अन्तिम ओभरमा उनले १७ रन खर्च गरे । सन्दीपले लिगमा ६ विकेट लिएका छन् ।


























