रुसद्धारा युक्रेनका तीन सैनिक जहाजमाथि कब्जा, बढ्यो तनाव

4.93K
shares

बीबीसी। रुसले क्रिमियाई प्रायद्वीप नजिक युक्रेनका तीन नौसैनिक जहाजमाथि आक्रमण गरेर कब्जामा लिएको छ। यो घटनापछि रुस र युक्रेनबीचको तनाव सतहमा आएको छ। दुवै देशले यो अवस्थाकालागि एक अर्कालाई दोषी रहेको बताउने गरेको छन्। रुसले युक्रेनका जहाज आजोव सागरमा गैरकानुनी रुपमा आफ्नो जल सीमामा घुसेको आरोप लगाएको छ।

त्यसपछि रुसले कर्चमा तंग जलमार्गमा एउटा पुलमूनि ट्यांकर तैनाथ गरेर आजोव सागरतर्फ जाने बाटो बन्द गरिदिएको छ। आजोव सागर जमिनले घेरिएको छ र काला सागरबाट कर्चको तंगको बाटो हुँदै यहाँ प्रवेश गर्न सकिन्छ। आजोव सागरको जल सीमा रुस र युक्रेनसँग जोडिएको छ।

युक्रेनका राष्ट्रपति पेट्रो पोरोशेंकोले देशको नेशनल सेक्यूरिटी एण्ड डिफेन्स काउन्सिलको बैठकमा रुसको कारवाहीलाई ‘सन्की’ कदम भएको बताएका थिए। युक्रेनकातर्फ जारी गरिएको विज्ञप्तिमा रुसका विशेष सुरक्षा बलले बन्दुकले सज्जित डुंगा र डुंगा तान्ने एक जहाजलाई पिछा गर्दै नियन्त्रणमा लिएको उल्लेख छ।

विज्ञप्तिका अनुसार यो घटनामा युक्रेनका ६ सदस्य घाइते भएका छन्। युक्रेनका राष्ट्रपतिका प्रवक्ताका अनुसार यो विषयमा छलफल गर्न ‘वार क्याविनेट’ को बैठक बोलाइएको छ। यो घटनापछि युक्रेनमा मार्शल ल लगाउने तयारी गरिएको बीबीसीले जनाएको छ।

अहिलेसम्म रुसका तर्फबाट युक्रेनको दाबीमाथि कुनै प्रतिक्रिया आएको छैन। यसअघि रुसले युक्रेनमाथि गैरकानुनी तरिकाबाट रुसी जल सीमामा प्रवेश गरेको आरोप लगाएको थियो। युरोपेली युनियनले रुसलाई कर्च स्ट्रेटमा आवागमनको स्वतन्त्रतालाई कायम राख्न आह्वान गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083