यूके पाउण्डको मूल्य घट्दा अमेरिकी डलरको भाउ स्थिर, हेर्नुहोस् अन्य देशको कति छ ?

वि.सं.२०७५ मंसिर १० सोमवार ०८:०७
shares

काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) अमेरिकी डलरको भाउ स्थिर छ। शुक्रबार १ रुपैयाँ ५२ पैसाले घटेको अमेरिकी डलरको भाउ शनिबार, आइतबार र सोमबार भने स्थिर रहेको हो। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १२ रुपैयाँ ७८ पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ३८ पैसा रहेको छ।
त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २६ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ३ पैसा छ। त्यस्तै आज यूके पाण्डको खरिददर १४४ रुपैयाँ ६० छ भने बिक्रिदर १४५ रुपैयाँ ३७ पैसा छ। एक साउदी रियालको खरिददर ३० रुपैयाँ ६ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ २२ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ९८ पैसा र विक्रिदर ३१ रुपैयाँ १४ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल