ललितपुरका कुटपिट मुद्दाका फरार व्यक्ति पक्राउ

5.43K
shares

काठमाडौं । अंगभंग मुद्दामा फरार व्यक्ति पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरले कुटपिट तथा अंगभंग मुद्दामा जेल सजाय तोकेका ललितपुर फर्सिडोल २२ का दुर्लभ शाक्य पक्राउ परेका हुन्।

शाक्यलाई कुटपिट तथा अंगभंग मुद्दामा जिल्ला अदालत ललितपुरले २०७१ सालमा ७ वर्ष ११ महिना पाँच दिन कैद सजाय हुने फैसला गरेको थियो। अदालतको फैसलालगत्तै उनी ललितपुरमा बस्दै आएका थिए।

सोमबार विशेष सूचनाका आधारमा शाक्यलाई फर्सीडोलबाट नै प्रकाउ गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए। शाक्यलाई सोमबार नै जिल्ला अदालत बुझाएको खनालले बताए।


unigloble collage
baneshwor multiple campus ad -2083