पुस दुईसम्म माग पूरा नभए सत्याग्रह सुरु गर्ने ड.केसीको चेतावनी
वि.सं.२०७५ मंसिर १० सोमवार १५:४८
5.15K
shares
shares

काठमाडौं। वरिष्ठ चिकित्सक डा.गोविन्द केसीले आफ्ना माग पुस २ गतेसम्म पूरा नभए सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन। सोमबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी आफूसँग भएका सहमति कार्यान्वयन नभए कुनै पनि बेला सत्याग्रह सुरु गर्ने चेतावनी दिएका हुन्।
डा केसीले गत साउन १० गते सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरिनुपर्ने, निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न तत्काल पक्राउ गरि मुद्दा चलाइनुपर्ने र सरकारको निर्णय उलंघन गरी काठमाडौं विश्व विद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गरिनुपर्ने माग गरेका छन् ।





























