‘छाडी नजाऊ’ गीत सार्वजनिक (भिडियोसहित)
वि.सं.२०७५ मंसिर १० सोमवार १५:५२
6.25K
shares
shares

काठमाडौं । भोलादीप तिमल्सिना र एन्जिला मगर अभिनित ‘छाडी नजाउ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
सम कामोदको स्वर रहेको उक्त गीतमा मथुरा श्रेष्ठको संगीत रहेको छ। गीतमा गायक कमोदकै शब्द सुन्न सकिन्छ। ‘हिमालयन पिक्चर्स प्रालि’ले निर्माण गरेको भिडियोमा प्रिन्सेस एन्जलको निर्देशन रहेको छ।
कुलतमा फसेको केटाको प्रेम चाह र प्रेम पश्चातको उसमा आएका परिवर्तनलाई भिडियोमा प्रस्तुत गरिएको छ। भिडियोमा सन्तोष लिम्बूको छायांकन तथा सम्पादन रहेको छ।
हेर्नुहोस् भिडियो :


























