हराएको दश वर्षपछि मुत्युको खबर
वि.सं.२०७५ मंसिर ११ मंगलवार १२:३४
shares

बागलुङ । रत्ना बस्नेतसँग आशाको त्यान्द्रो बाँकी थियो, “कतैबाट श्रीमान् टुप्लुक्क आइपुग्नु हुन्छ कि ? करीब दश वर्षदेखि बाटो कुरेर बसिरहनुभएकी श्रीमती रत्नासँग न अब आशा नै बाँकी रह्यो, न श्रीमान् । रोजगारीमा दिल्ली पुग्नुअघि विसं २०६६ असार २२ गते भैरहवाबाट श्रीमान् जीतबहादुरले गरेको टेलिफोन कुराकानी नै उहाँको लागि अन्तिम आवाज बन्न पुग्यो । चाँडै फर्कने वाचा गर्दै निस्केका बस्नेत अब कहिल्यै घर फर्कने छैन ।
बुबाको साथ र स्नेहसाथ बाँच्ने छोरी चीना र छोरा रामको सपना चकनाचुर बनेको छ । रोगले थलिनुभएका ९१ वर्षीय बुबा कर्णबहादुरमाथि अर्को चोट थपिएको छ । गलकोट नगरपालिका–१० मल्मस्थित परिवार र आफन्तजन शोकमा डुबेका छन् । दश वर्षदेखि हराएका बस्नेतको मृत्युको खबरले सिङ्गो गाउँ पनि चिन्तित छ । दिल्लीसम्मै पुगेर खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नलागेपछि परिवारजन थकित र निराश थिए ।
एकाएक दिल्लीस्थित नेपाली दूतावासबाट मुत्युको खबर आएपछि आश्चर्यमा परिएको दाइ गिनबहादुरले बताए । दूतावासले गत कात्तिक १६ गते (२ नोभेम्बर) मा ५० वर्षीय जीतबहादुरको मृत्यु भएको जानकारीसहित शव बुझ्नको लागि परिवारलाई खबर गरिदिन जिल्ला प्रशासन कार्यालय बागलुङलाई पत्र पठाएपछि घटना बाहिर आएको हो ।
गम्भीर घाइते बस्नेतलाई तत्काल उद्धार गरी उपचार र हेरचाहको लागि ‘शान्ति निकेतन’ नामक पुनःस्थापना केन्द्रमा पठाइएको प्रहरीको पत्रमा उल्लेख छ । स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि केन्द्रमै बस्नेतको निधन भएको जनाइएको छ । गत कात्तिक १६ मै दिल्लीस्थित ‘एम्स’ अस्पतालमा ल्याएका बस्नेतलाई चिकित्सकले आधिकारिक रुपमा मृत घोषणा गरेका थिए ।
मुद्दा हेरिरहेका प्रहरी अधिकृत बिदामा भएकाले आजलाई बोलाएको छ”, उनले भने । मृत्युको घटना हेरिरहेको प्रहरी अधिकृत नभएपछि सोमबार शव बुझ्न नसकिएको उनको भनाइ छ । पुनःस्थापना केन्द्रका सञ्चालकले प्रहरीको सहायतामा उद्धार गरिएको जनाएका छन् । केन्द्र सञ्चालकका अनुसार बस्नेतलाई सरकारी गाडीले ठक्कर दिएर घाइते बनाएको थियो । “अदालतमा मुद्दा चलेको छ भन्ने पनि थाहा भयो”, बस्नेतले भने, “घटनाबारे यथार्थ खुल्न बाँकी छ, हामी सोधखोज गर्दैछौँ ।
परिवार र आफन्तजनले मृत्युको घटनाप्रति आशङ्का व्यक्त गरेका छन् । मृत्युको खबर आउने तर दुर्घटना हुँदा, यतिका वर्ष पुनःस्थापना केन्द्रमा बस्दा किन खबर आएन भन्ने प्रश्न गरेका छन् । परिवारले बस्नेत हराउने बित्तिकै दिल्ली पुगेर दरियागञ्जको प्रहरी कार्यालयमा खोजतलास गरिदिन निवेदन दिएका थिए । छोरी चिनाको बिहे भइसकेको छ भने छोरा राम पोखरामा पढ्दै छन् । पैसा कमाउन विदेशीनुभएका श्रीमान्को उतै निधन भएपछि उनको जीवनमा ठूलो विपद् आइलागेको छ । रासस































