तेल चोर्ने चालक कारवाहीमा

9.2K
shares

काठमाडौं । भारतबाट ल्याइने ट्याङ्करबाट डिजेल चोरी गर्ने ट्याङकर चालकलाई नेपाल आयल निगम विराटनगरले कारवाही गरेको छ । भारतको बरौनीबाट सुखदेव सिंहको ५९६५ नं को ट्याङ्कर चलाउने चालक धमेन्द्र स्वर्णकारले बाटोमै दुई हजार ४८४ लिटर डिजेल चोरी गरी बिक्री गरेको विराटनगर निगमका प्रमुख दिनेशकुकार यादवले जानकारी दिए ।

ट्याङ्करमा तेल जाँच गर्ने क्रममा परिमाण कम देखिएपछि छानबिन गर्दा चालकले तेल चोरेर बिक्री गरेको देखिएको थियो । निगमको केन्द्रीय कार्यालयबाट आएको टोलीले ट्याङ्करका चालकले ट्याङ्करमा लगाइएको ताला बिगारेर तेल चोरी गरेको देखिएको बताएको छ ।

प्रहरीमाथि अभद्र व्यवहार

मोरङको केराबारीस्थित जङ्गल क्षेत्रमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने स्काइभेटर र चालकलाई हिजो प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । नदीमा अवैध तरिकाले उत्खनन गर्न प्रयोग गरिएको ना १ क ७०९९ नं को स्काइभेटर र चालक पथरी नगरपालिका–२४ वर्षीय सन्तोष गिरीलाई अपराधसंहिता ऐनअनुसार कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

यसैगरी, प्रहरीलाई हातपात तथा गाडी तोडफोड गर्ने तीन जनालाई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङको कटहरीस्थित महेशपुरमा जाँच गर्ने क्रममा कटहरी गाउँपालिका–१ निवासी सुुवोधनारायण चौधरी, जोगलाल चौधरी र अन्तराम चौधरीले प्रहरीको टोलीसँग वादविवाद गरी हातपात गर्नुका साथै ना १ झ ९२० नंं को पिकअप गाडीमा ढुङ्गा प्रहर गरी क्षति पु¥याएको प्रहरीले जनाएको छ । रास