महामन्त्री ‘शशांक’ले पनि बोलाए गुटको बैठक
वि.सं.२०७५ मंसिर १२ बुधवार १३:४१
4.36K
shares
shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले गुटको बैठक बोलाएका छन् ।
उनले विधानबारे छलफल गर्न भन्दै रामचन्द्र पौडेल र कृष्ण सिटौला गुटमा रहेका नेताहरुको बैठक बोलाएका हुन् । कांग्रेस केन्द्रीय कार्यसमितिको भोलिबाट सुरु हुने बैठकमा विधान संशोधन मस्यौदा समितिको प्रस्तावमाथि छलफल हुनेछ ।
यसअघि मंगलबार कांग्रेस नेतृ सुजाता कोइरालाले कांग्रेस नेताहरुलाई घरमा बोलाएर लञ्च मिटिङ गरेकी थिइन् ।












