तिब्र गतिको कारले ठक्कर दिँदा ७ जना पैदल यात्रुको मृत्यु

5.02K
shares

बेइजिङ । दक्षिणपश्चिमी चीनको एक शहरमा एक कारले ठक्कर दिँदा बाटो हिँडिरहेका कम्तीमा पनि सातजना बटुवाको मृत्यु भएको छ।दक्षिणपश्चिमी चीनको लेसान शहरमा मङ्गलबार बिहान सो दुर्घटना भएको हो।

सडकमा गुडिरहेको कार अकस्मात सडक किनाराबाट आफ्नो बाटो हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिन पुगेको थियो। यसरी कार अकस्मात बटुवाहरुको भिडतर्फ लागेपछि यसले ठक्कर दिइ सातजनाको घटनास्थलमै निधन भएको बताइएको छ।

यस दुर्घटनामा परी अरु चार जना नराम्ररी घाइते भएका छन्। उनीहरुलाई नजिकैको अस्पताल पु(याइएको छ ।एक कारले बाटो काटिरहेका बालबालिकालाई हान्दा सात जनाको ज्यान गएको घटनाको केही दिनपछि यो अर्को दुःखद घटना भएको चिनियाँ प्रहरीले जानकारी दिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083