एशिया प्रशान्त सम्मेलनः ४० देशका युवा अनुभव आदानप्रदान गर्दै

4.89K
shares

काठमाडौँ । विश्व शान्ति र समृद्धिका लागि युवा तथा विद्यार्थीले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गर्न एशिया प्रशान्त क्षेत्रका ४० देशका युवा तथा विद्यार्थी एकै थलोमा भेला भएका छन्। एशिया प्रशान्त सम्मेलनका अवसरमा विश्व शान्तिका लागि युवा र विद्यार्थी (वाइएसपी) संस्थाद्वारा आयोजित वाइएसपी–परिसंवाद कार्यक्रममा सहभागीले युवा नेतृत्वले खेल्नुपर्ने भूमिका तथा अनुभव आदानप्रदान गर्नेछन्।

कार्यक्रमको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विश्व शान्ति र समृद्धिका लागि युवा वर्गले योगदान गर्नुपर्ने बताए। उनले भने, “परिवार र समाजमा युवाको ठूलो दायित्व छ, युवा वर्गले विगतलाई सुरक्षित, वर्तमानलाई सुन्दर र भविष्यलाई सिर्जनशील बनाउनुपर्छ। विश्व शान्तिका लागि राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा युवालाई सक्षम बनाइनु पर्नेमा जोड दिए।

संस्कृति मानवीयताको प्रमुख आधारस्तभका रुपमा रहेको चर्चा गर्दै उनले योग्यता र अनुभवको साझेदारीले एकापसमा जोड्ने विश्वास व्यक्त गरे। नेपालले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने जानकारी गराउँदै उनले एशिया प्रशान्त सम्मेलनमा सहभागीले आ–आफ्नो मुलुकमा नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्ने उल्लेख गरे। वाइएसपी नेपालका अध्यक्ष प्रकाशबाबु थापाले दिगो शान्ति स्थापनाका लागि युवा तथा विद्यार्थीको ठूलो भूमिका हुने उल्लेख गर्दै विश्वलाई सुन्दर बनाउने जिम्मेवारी युवाको काँधमा आएको बताए। रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083