संघर्षपूर्ण जित निकाल्दै वार्सा उक्लियो ला लिगाको शीर्ष स्थानमा
वि.सं.२०७५ मंसिर १७ सोमवार ११:२८
5.33K
shares
shares

एजेन्सी । भिल्लारियलसँगको संघर्षपूर्ण जितपछि स्पेसि जाइन्ट वार्सिलाेना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । उ कम्तिमा दुई घण्टा शीर्ष स्थानमा रहनेछ । किनभने आइतबारै हुने अर्को खेल दोस्रो स्थानको सेभिल्ला र एल्भासबीच हुँदैछ ।
१३ खेलबाट २६ अंक जोडेको सेभिल्ला बार्सिलोनाभन्दा दुई अंकले मात्र पछि छ । आजको खेल जितेमा उ शीर्ष स्थानमा उक्लिनेछ । बार्सिलानोको १४ खेलबाट २८ अंक भएको छ । भिल्लारियलसँगको खेलमा योंगस्टार कार्लेस एलेनले बार्सिलोनाका लागि करिअरको पहिलो ला लिगा गोल गरे ।
उनले खेलको ८७औं मिनेटमा गोल गर्दै टीमको जित पक्का गरेका थिए । यसअघि खेलेको ३६ औं मिनेटमा गोल गर्दै पिकेले बार्सिलोनालाई अग्रता दिलाएका थिए ।


























