आज अमेरिकी डलरको भाउ स्थिर, हेर्नुहोस् अन्य देशको कति छ ?
वि.सं.२०७५ मंसिर १७ सोमवार ११:३२
shares

काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) पनि अमेरिकी डलरको भाउ स्थिर छ। शुक्रबारको तुलनामा शनिबार ५० पैसाले घटेको अमेरिकी डलरको भाउ आइतबार र सोमबार भने स्थिर रहेको हो। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय ११ रुपैयाँ ५ पैसा छ भने विक्रिदर मूल्य १ सय ११ रुपैयाँ ६५ पैसा रहेको छ।
त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २६ रुपैयाँ ५४ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ६८ पैसा छ। त्यस्तै आज यूके पाण्डको खरिददर १४१ रुपैयाँ ७० पैसा छ भने बिक्रिदर १४२ रुपैयाँ ४६ पैसा छ। एक साउदी रियालको खरिददर २९ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर २९ रुपैयाँ ७६ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ५० पैसा र विक्रिदर ३० रुपैयाँ ६६ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल
.jpg)















