टिकापुरमा मोटरसाइकल दुर्घटना, ३ जनाको मृत्यु

6.64K
shares

टीकापुर । कैलालीको टीकापुरमा भएका दुई वटा दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ । टीकापुर नगरपालिकाको-७ खैरीमा राती साढे ८ बजे अनटेष्ट मोटरसाइकल डल्लपमा ठोक्किदा त्यसमा सवार टीकापुर वडा नं ७ बैदीका ३८ वर्षका जिवानन्द कोइराला र २७ वर्षका विष्णु रिमालको ज्यान गएको हो ।

उनीहरुलाई उपचारका लागि टीकापुर अस्पताल ल्याउदै गर्दा बाटैमा ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी सहायक निरीक्षक भानु बजगाईले जानकारी दिए । मोटरसाइकल चालक पवन पाण्डेको हात भाच्चिएको छ उनको कोहलपुर मेडिकल कलेजमा र अर्का घाइते डल्लप चालक बम्पर चौधरीको नेपालगञ्जमा उपचार भैरहेको छ ।

मोटरसाइकल चालक पवनका जिवानन्द मामा र विष्णु भिनाजु रहेको पारिवारिक श्रोतले जनाएको छ । यस्तै, टीकापुर नगरपालिका वडा नं २ बन्दिपुरमा टायर पञ्चर भई रोकिराखेको ट्याक्टरको ट्रलीमा से ६ प १९४१ नं। को मोटरसाइकल ठोकिंदा मोटरसाइकल चालक अस्नेहरीका आशिष चौधरी घाईते भई उपचारका लागि कोहलपुर रेफर भएकोमा उनको पनि ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।