कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै : विधानमाथिको छलफल जारी रहने

वि.सं.२०७५ मंसिर १७ सोमवार ११:५१
4.49K
shares
shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार पनि बस्दैछ । आजको बैठकमा पनि पार्टीको विधान मस्यौदामाथिको छलफल जारी रहने छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा विहान ११ बजेपछि बस्ने तय भएको कांग्रेसले जनाएको छ । विगत केही दिनदेखि जारी बैठकमा विधान बाहेक समसामयीक विषयमा पनि छलफल हुँदै आएको नेताहरुले जनाएका छन् ।
बैठकमा पार्टीको विधानमाथि छलफल गर्दैगर्दा नेताहरु ध्रुवीकृत भएका छन् । संस्थापन पक्षका नेताले पार्टी सभापतिलाई अझ शक्तिशाली बनाउने विधान संशोधनको पक्षमा छन् भने संस्थापन इतरपक्षले सभापतिलाई शक्तिशाली बढाउने गरी ल्याइएको नयाँ प्रावधान राख्न नहुने पक्षमा रहेका छन् ।