गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एक लाख घुससहित पक्राउ

5.63K
shares

काठमाडौं । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. तारानाथ पौडेललाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । उनलाई आइतबार अख्तियारले पोखरा महानगरपालिका बुद्धचोकबाट नियन्त्रणमा लिएको हो ।

हेल्थ इन्सपेक्सन समूह (खुला) को अ.हे.व. पदको लिखित परिक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई लोकसेवाको परीक्षाको अन्तर्वार्तामा उत्तिर्ण गराईदिन्छु भनी घुस रकम माग गरिरहेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो । यसै क्रममा अख्तियारको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले उनलाई एक लाख घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।

अख्तियारले सोमबार एक विज्ञप्ति जारी गर्दै पक्राउ परेको पौडेलेमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । पौडेल मेडिकल जनरलिष्ट ११औं तहका कर्मचारी हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083