फाइनल राउन्डमा प्रवेश गरेकी छोरीको हौसला बढाउन चीन जाँदै ‘शृंखला’का बुबाआमा

5.5K
shares

काठमाडौँ । मिस वर्ल्ड-२०१८ को फाइनल राउन्डमा छोरी शृंखला खतिवडालाई हौसला प्रदान गर्न उनका बुबाआमा चीन जाने भएका छन्।

‘शृंखलाको हौसला बढाउन परिवारको र सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्दै हामी चीन जान लागेका हौँ,’ प्रतिनिधिसभा सदस्यसमेत रहेका शृंखलाका बुबा विरोध खतिवडाले भने,‘आशा गरौँ, हाम्रो उपस्थितिले उनको हौसला बढ्नेछ।’

चीनको सान्या सहरमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल शृंखला ‘मल्टिमिडिया’ र ‘ब्युटी विथ पर्पस्’ अवार्ड जित्दै फाइनल राउन्डमा प्रवेश गरेकी छन् । यस राउन्डमा उत्कृष्ट ३० प्रतिस्पर्धीबीच कडा प्रतिस्पर्धा हुनेछ। यसकै आधारमा उत्कृष्ट १५ छनोट गरी अर्को राउन्डमा लगिन्छ।

आफूहरू उपस्थित हुँदा छोरीको हौसला बढ्ने अपेक्षासहित बुबा विरोध र प्रदेश-३ की सांसदसमेत रहेकी आमा मुनु सिग्देल बिहीबार चीन जाने भएका हुन्। उनीहरूसँगै २० जनाको टोली बिहीबार साँझ चीन जानेछ। टोलीका अनुसार त्यसका लागि टिकट बुकिङ भइसकेको छ भने बुधबार चिनियाँ रकम युआन साटिँदैछ। चीन जाने टोलीमा आफन्तहरू रहेको शृखंलाका बुबा खतिवडाले जानकारी दिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083