विद्युतीय बस खरिद गर्न ३० करोड खर्चदैँ प्रदेश ३ सरकार

5.92K
shares

हेटौंडा । प्रदेश ३ सरकारले विद्युतीय बस सञ्चालनको लागि ३० करोड रुपैयाँ खर्चने भएको छ ।

सरकाले आगामी १० वर्षभित्र प्रदेशका मुख्य शहरबाट पेट्रोलियम पदार्यबाट सञ्चालन हुने सवारी बिस्थापित गर्ने नीतिअनुरुप सरकारले विद्युत बसको लागि मोटो रकम खर्च गर्ने भएको हो । काठमाडौं महानगरपालिका र साझा यातायात सञ्चालकसँग हेटौंडामा भएको छलफलपछि सरकारले महानगरमा बस सञ्चालन गर्ने तयारी गरेको हो ।

प्रदेश सरकारले विद्युतीय बस सञ्चालनको प्रक्रिया सुरु गर्ने जनाएको छ । प्रदेश सरकारले साझा यातायात सहकारी संस्था लिमिटेड र काठमाडौं महानगरपालिकाकासँगको सहकार्यमा संचालनमा ल्याउन लागेको हो । बसका लागि प्रदेश सरकारले ३० र काठमाडौं महानगरले १० करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।

प्रदेश सरकारले बिक्रम सम्बत् २०८५ सम्ममा काठमाडौं उपत्यकासहित प्रदेशका मुख्य शहर चितवन, हेटौंडा, बनेपा, धुलिखेल, पनौतीमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीसाधन विस्थापित गर्ने नीतिअनुरुप विद्युतीय बस सञ्चालनको तयारी गरिएको मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।

नमूनाको रुपमा यस बर्ष ३० करोड रुपैयाँ बराबरको विद्युतीय बस खरिद प्रकृया अघि बढाउन लागिएको उनले जानकारी दिए । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेश सञ्जाल जोडिने गरी विद्युतीय बस सञ्चालन हुने जानकारी दिए ।

सरकारी लगानीको संस्था भएकोले पनि साझा यातायात सँग सहकार्य हुने उनले बताए । काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बस खरिदका लागि १० करोड रुपैयाँ छुट्याउँदै साझा यातायात संगको सहकार्यमा बस खरिद गरेर सञ्चालन गर्ने बताए । साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले काठमाडौमा यातायातमा समस्या खेपिरहेका यात्रुलाई साझा यातायातले धेरै राहत दिएको बताए ।

बुधबार प्रदेश ३ मुख्यमन्त्री डोरमणि पौडेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, ३ नम्बर प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा। खिमलाल देवकोटा, काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितसहित हेटौंडामा भएको बैठकबाट विद्युतीय बस खरिद गरेर संचालन गर्ने भएको हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083