आफगानिस्तानी सुरक्षाबलको कारबाहीमा १२ लडाकूको मृत्यु, १८ पक्राउ

6.21K
shares

अफगानिस्तान । अफगानिसतानको पूर्वी प्रान्तमा सरकारी सुरक्षाबलले तालिबान लडाकूविरुद्ध गरिएको कारबाहीको क्रममा १२ मारिनुको साथै अन्य १८ पक्राउ परेका छन्।

प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले बुधबार सो जानकारी दिएका छ। खोगीआनी जिल्लाको कैयौ गाउँमा लुकेर बसेका तालिबान आतङ्ककारीलक्षित गत २४ घण्टाभित्र गरिएको हवाई र स्थल कारबाहीमा ती लडाकू मारिनुको साथै पक्राउ परेका नुरीले थप जानकारी दिए।

साथै यस कारबाहीको क्रममा अन्य चार लडाकू घाइते भएका सुरक्षा स्रोतले जानकारी दिएको छ। पक्राउ परेका १८ तालिबान लडाकूहरुलाई अनुसन्धानको लागि काबुल लगिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083