लेखा प्रणाली चुस्त बनाइन्छ : मुख्यमन्त्री पोखरेल
वि.सं.२०७५ मंसिर २० बिहीवार ११:५८
shares

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लेखा प्रणालीलाई चुस्त र व्यवस्थित गर्नुपर्ने बताएका छन् । महालेखापरीक्षक कार्यालयको टोलीसँग आज भएको छलफल तथा अन्तरक्रियामा उनले उपयुक्त समयमा महालेखापरीक्षकको कार्यालयको टोली आएको र यसले लेखा प्रणाली व्यवस्थित गर्न सघाउ पुग्ने बताए।उनले अहिलेदेखि नै व्यवस्थापनमा ध्यान दिँदा पछि समस्या नपर्ने जिकिर गरे ।
सोे टोलीसँग मुख्यमन्त्रीले रिपोर्टमा कैफियत निकाल्नुभन्दा पहिले सजग गराएर समस्या समाधान हुनुपर्ने र कार्यालय व्यवस्थापन भए सुशासन कायम गर्न सहज हुने उल्लेख गर्दै प्रदेश सरकार कार्यालय व्यवस्थापनको समस्यामा परेको बताए महालेखापरीक्षक टङ्कमणि शर्माले आर्थिक तथा खर्च प्रणालीलाई चुस्त बनाउनुपर्ने र त्यसका लागि समन्वय आवश्यक रहेको बताए ।
प्रदेश सरकारका प्रमुख सचिव डा तीर्थराज ढकालले प्रदेश कार्यपालिका र कार्य सम्पादनबारे जानकारी गराए। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतमले प्रदेशको अर्थ व्यवस्था र योजना सञ्चालन अवस्थाबारे जानकारी गराए ।






























