भ्रष्टाचार ब्यस्याबृत्तिभन्दा पनि खराब धन्दा हो : अख्तियार प्रमुख ‘घिमिरे’

5.92K
shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरेले भ्रष्टाचार संस्थागत हुँदै गएको भन्दै सरकार गम्भीर हुन आवश्यक रहेको बताएका छन् ।

अख्तियार विरुद्धको दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै अख्तियार प्रमुख घिमिरेले भ्रष्टाचार गर्ने तरिका समेत फेरिएको बताए । ‘यसको तरिका पनि फेरिएको छ । हामी पनि सोहीअनुसार अनुसन्धान गर्छौ, खोज्छौ,’ घिमिरेले अघि भने, ‘ भ्रष्टाचार ब्यस्याबृत्ति भन्दा पनि खराब हो ।’

संक्रमणकालको नाममा भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको भन्दै उनले भ्रष्टाचारमा मौनता झन ठूलो भ्रष्टाचार भएको टिप्पणी गरे । अहिले कार्यालयबाट दिनहुँ जसो स्टिङ् अपरेसन गरिरहेको जानकारी दिदै प्रमुख घिमिरेले भ्रष्टाचार नियन्त्रण प्रयास गरिरहेको बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083