म्यानपावर कम्पनीमा विभागले छापा हान्दा ३ लाख ३५ हजारसहित कर्मचारी पक्राउ

4.91K
shares

काठमाडौं । वैदेशिक रोजगार विभागले बसुन्धरामा रहेको शव ह्युमन रिसोर्स प्रालिमा छापा मारेको छ। दुबई पुलिसमा जाने कामदारबाट ३ लाख ८० हजार रुपैयाँ उठाउँदै गरेको सूचनाका आधारमा विभागले छापा मारेको हो।

एक कामदारबाट ३ लाख ३५ हजार रुपैयाँ लिँदै गर्दा एक कर्मचारीलाई रंगेहात पक्राउ गरिएको विभागका निमित्त प्रमुख तथा निर्देशक हरिप्रसाद ज्ञावलीले जानकारी दिए। ती कामदारबाट ४५ हजार पहिले नै लिइसकेको बुझिएको छ।

पक्राउ परेका कर्मचारीसँग विभागले बयान लिइरहेको छ र उनले रकम लिएको स्वीकार गरेका छन्। सोमबार दुबई उड्न लागेका कामदारसँग पनि ३ लाख ८० हजार रुपैयाँका दरले उठाएको पाइएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083