शीतलनिवासमा राष्ट्रपति ‘भण्डारी’सँग चिनियाँ राजदूतको विदाई भेट
वि.सं.२०७५ मंसिर २३ आइतवार १६:५३
4.84K
shares
shares

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत यु होङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग विदाई भेट गरेकी छिन् ।
आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेकी युले दूताबासका अधिकारीहरुसँगै शीतल निवास पुगेर नेपाली राष्ट्र प्रमुखसँग विदाई भेट गरेकी हुन् ।
भेटका क्रममा दुई देशको आपसी हितका विषयमा छलफल समेत भएको राष्ट्रपति कार्यालय शीतलनिवासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।




























