खाडी मुलुकहरूको सम्मेलनमा कतारी अमिर अनुपस्थित

4.84K
shares

रियाद । कतारका अमिरले साउदी अरबको आयोजनामा भएको खाडी मुलुकहरूको आइतबार सुरु भएको शिखर सम्मेलनमा सहभागिता जनाएनन्। साउदी अरबसहतिका केही मुलुकले कतारले आतङ्कवादी गतिविधिलाई सधाएको आरोप लगाउँदै गत बर्षदेखि कतारसँगको कूटनीतिक सम्बन्ध तोडेका थिए। कतारमाथि इरान र खाडी क्षेत्रमा सक्रिय इरान समर्थक विभिन्न समूहलाई सहयोग गरेको आरोप लगाउँदै उनीहरूले कतारसँगको सम्बन्ध तोडेको घोषणा सन् २०१७ मा गरेका थिए।

रियादले दोहासँगको डेढ बर्ष लामो विवादपछि सम्मेलको आयोजना गरी साउदी पत्रकार जमाल खसोग्गीको हत्या प्रकरण र यसले निम्त्याएका परिणाम र यमनी द्वन्द्वका बिषयमा छलफल गर्ने एजेन्डा तय गरी कतारी इमिर शेख तामिन विन हमद अल–थानीलाई निमन्त्रणा गरेको थियो।

कतारले इमिरको निमन्त्रणामा प्रतिनिधित्व गर्दै आफ्ना विदेशमन्त्री सुल्तान अल–मुरैखीलाई पठाएको छ। दोहालाई समर्थन दिएको इरानले भने हालैमात्र साउदी अरबको प्रभाब रहेको तेल निर्यात राष्ट्रहरूको संगठन ओपेकबाट पनि बाहिरिने घोषणाले विवाद कम हुने सम्भावना देखिएको छैन। सम्मेलनको उद्घाटन गर्दै साउदी राजा सलमानले इरानले खाडी राष्ट्रहरूको आन्तरिक मामिलामा हस्तक्षेप गरी उक्त क्षेत्रमा सुरक्षा समस्या सिर्जना गरेको आरोप लगाउनु भएको छ।

खाडीको सुरक्षा, स्थायित्वका लागि सहकार्यको खाँचो उनले औल्याए । पत्रकार खसोग्गीका बिषयलाई लिएर साउदी राजकूमार तथा राज परिवार तनावमा रहेका समय सम्मेलन सुरु भएकाले सम्मेलनमा यस बिषयमा कसरी एकतावद्ध भएर अघि बढ्ने छलफल हुने बताइएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083