हिंसा न्यूनीकरणमा स्थानीय सरकार संवेदनशील हुनुपर्छ : अध्यक्ष शर्मा

5.93K
shares

काठमाडौँं । राष्ट्रिय महिला आयोगले पछिल्लो एक वर्षमा एक हजार २७५ लैङ्गिक हिंसाका उजुरी आयोगमा दर्ता भएको जनाएको छ। आयोगले हिंसा न्यूनीकरण गर्न एक वर्ष अगाडि स्थापना गरेको हेल्पलाइनमा सो सङ्ख्यामा पीडितका उजुरी दर्ता भएका हुन् । आयोगमा आव २०७३\०७४ मा १२५ मुद्दा दर्ता भएका थिए।

आयोगले आफ्ना साझेदार संस्था र अन्य निकायमार्फत ३०२ जनालाई कानूनी परामर्श दिएको छ । विगतमा हेल्पलाइनको व्यवस्था थिएन । हाल ११४५ मा फोन गरेर हिंसाबारे आयोलाई जानकारी गराउन सकिन्छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सम्बोधन पत्रिकाको आज विमोचन गर्दै दण्डहीनताका कारण दिन प्रतिदिन हिंसाका घटना बढ्दै गएकाले घटना न्यूनीकरण गर्न अब स्थानीय सरकार संवेदनशील हुनुपर्ने बताए।

महिला आयोगका सचिव अनिलकुमार ठाकुरले हिंसासम्बन्धी घटना बाहिर आएपछि आफ्नो संस्थाले प्रभावितका लागि मनोसामाजिक, कानूनी, आश्रयगृह, बालसंरक्षण, अत्यावश्यक औषधोपचार, मध्यस्थता तथा अन्य सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083