‘ए’ डिभिजन लिग : ब्रिगेड ब्वाइजमाथि आर्मीको जित

5.04K
shares

काठमाडौँ । टंक बहादुर बस्नेतले दोस्रो हाफमा गरेको एक मात्र गोलको मद्दतमा त्रिभुवन आर्मीले सहिद स्मारक ए डिभिजन लिगमा सोमवार ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ।

एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले ब्रिगेडलाई १-० ले पराजित गर्दै सिजनको पाँचौ जित हात पारेको हो। टंकले ६६औँ मिनेटमा गोल गरेका हुन्। जितपछि ७ खेलबाट १७ अंङ्क जोडेको आर्मी अझै मनाङ, थ्री स्टार संकटा भन्दा अंक तालिकामा पछाडी छ। आर्मी चौथो स्थानमा यथावत छ।

एक खेल कम खेलेको मनाङ १८ अंकसहित शीर्ष स्थानमा छ। ७ खेलबाट समान १८ अंक नै जोडेको थ्री स्टार र संकटा दोस्रो र तेस्रो स्थानमा छ।

उपाधि दाबेदार मनाङले आजै मछिन्द्र क्लबसँग खेल्दैछ। उक्त खेल जिते मनाङले ३ अंकको स्पष्ट अग्रता बनाउनेछ। लिगको पहिलो खेलमै एनआरटीसँग बराबरी खलेको आर्मीले पछिल्लो खेलमा फ्रेण्ड्ससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो। उक्त बराबरीपछि आर्मीको उपाधि यात्रामा केही धक्का लागेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083