राप्रपाका केन्द्रीय सदस्य एवं मुस्लिम नेता खानको निधन

5.04K
shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं मुस्लिम नेता सलिम खान गौसको गएराति दुस्खद निधन भएको छ । खानको ह्रदयघातका कारण निधन भएको हो । उनी राप्रपाको संस्थापक सदस्य समेत हुन् ।

तत्कालीन राप्रपा नेपालले हिन्दु राष्ट्र पुनःस्थापनाको लागि गरेको चरणबद्ध आन्दोलनमा मुस्लिम भएर पनि गौसको क्रियाशीलता रहेको थियो, उनी राप्रपाको मुस्लिम संगठनका पूर्व अध्यक्ष र सल्लाहकार समेत हुन् ।

निवास बालाजुमा राखिएको खानको पार्थिव शरिरमा राप्रपा नेता, प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पार्टीको झण्डा ओढाइ श्रद्धाञ्जली अर्पण गरेका छन्। खानको आज मुस्लिम परम्परा अनुसार स्वयम्भू मस्जिद परिसरमा अन्तेष्टि गरिनेछ । नेता खानका १ श्रीमती र १ छोरी छन्।