प्रिमियर लिग : ‘एभर्टन र वाटफोर्ड’ बराबरीमै रोकिए

4.95K
shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र वाटफोर्डले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

सोमबार राति सम्पन्न खेलमा वाटफोर्डले एभर्टनसँग उसैको मैदानमा बराबरी खेल्दै अंक बाँडेको हो । वाटपोर्डका लागि डौकोर्सले गोल गरे भने एक गोल एभर्टनका सिमुस कोलेमनले आत्मघाती गोल गरेपछि वाटफोर्डले उपहार पाएको थियो ।

एभर्टनका लागि भने रिचार्लिसन र लुकास डेग्नीले गोल गरेका थिए । खेलको १५ औं मिनेटमा नै रिचार्लिसनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको एभर्टनले खेलको ६३ औं मिनेटमा आत्मघाती गोल गर्न पुगेपछि वाटफोर्डले १-१ गोलको बराबरी बनाएको हो ।

खेलको ६५औं मिनेटमा डौकोर्सले गोल गर्दै वाटफोर्डलाई २-१ गोलको अग्रता दिलाएका थिए । तर खेलको अतिरिक्त समयमा लुकासले गोल गर्दै एभर्टनलाई २-२ गोलको बराबरी दिलाएका थिए । बराबरीसँगै एभर्टनको १६ खेलबाट २४ अंक हुँदा वाटफोर्डको १६ खेलबाट २१ अंक रहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083