“युपीएफलाई नेपालमा प्रतिबन्ध लगाउ”- गगन थापा
वि.सं.२०७५ मंसिर २७ बिहीवार ११:५९
shares

काठमाडौं । सांसद तथा नेपाली काँग्रेसका युवा नेता नेता गगन थापाले युनिभर्सल पिस फेडेरेसन ९युपीएफ० का नेपालमा लगाउन सरकारसँग माग गरेका छन् । बिहीबार आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै नेता थापाले धर्मान्तरको कामलाई तीब्रता दिने विवादित संस्थालाई तत्काल प्रतिबन्ध लगाउन माग गरेका हुन् ।
‘युनिभर्सल पिस फेडरेशन उद्घाटन टुर कहिले, कसले गर्यो त्यो विषयमा हाम्रो कुनै चासो छैन तर सोही दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको भनेर जुन भ्रम सिर्जना गर्न खोजिएको छ, त्यो आपत्तिजनक छ । नेता थापाले भने ‘पहिलो कुरा, नेपालमा नोबेम्बर २२, २००५ अर्थात वि।सं २०६२ मंसिर ७ गते संसद नै थिएन । हुँदै नभएको संसदले घोषणा गर्ने कुरै रहेन ।
(स्मरण रहोस् त्यो दिन ऐतिहासिक १२ बुँदे समझदारी भएको दिन हो, त्यहि समझदारीको जगमा भएको जनआन्दोलनले संसदको पुनर्स्थापना गरेको थियो।) दोस्रो कुरा नेपालको संसदले पछि पनि कहिल्यै उक्त दिनलाई शान्ति दिवस भनेर घोषणा गरेको छैन । यो आफैमा झुटो, कपोलकल्पित र बदनियतपुर्ण छ । यसले नेपालको सम्मानित संसदको दुरुपयोग मात्र गरेको छैन, अन्तराष्ट्रिय समुदायमा समेत बदनाम गर्न खोजिएको छ, यो कृत्य निन्दनीय छ ।
यस्तो छ स्टाटस
सामाजिक सञ्जालमा अहिले चर्चामा रहेको विवादित एसिया प्यासिफिक समिट सम्बन्धि भिडियोले मेरो ध्यानाकर्षण गरेको छ । उक्त भिडियोको सुरुवातमै १३ बर्ष अगाडि नोबेम्बर २२ ,२००५ मा नेपालमा युनिभर्सल पिस फेडरेशन९युपिएफ० उद्घाटन भ्रमण भएको र उक्त दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको भनिएको छ । युनिभर्सल पिस फेडरेशन उद्घाटन टुर कहिले, कसले गर्यो त्यो विषयमा हाम्रो कुनै चासो छैन तर सोहि दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको भनेर जुन भ्रम सिर्जना गर्न खोजिएको छ, त्यो आपत्तिजनक छ ।
पहिलो कुरा, नेपालमा नोबेम्बर २२, २००५ अर्थात वि।सं २०६२ मंसिर ७ गते संसद नै थिएन । हुँदै नभएको संसदले घोषणा गर्ने कुरै रहेन । (स्मरण रहोस) त्यो दिन ऐतिहासिक १२ बुँदे समझदारी भएको दिन हो,त्यहि समझदारीको जगमा भएको जनआन्दोलनले संसदको पुनर्स्थापना गरेको थियो।) दोस्रो कुरा नेपालको संसदले पछि पनि कहिल्यै उक्त दिनलाई शान्ति दिवस भनेर घोषणा गरेको छैन । यो आफैमा झुटो, कपोलकल्पित र बदनियतपुर्ण छ । यसले नेपालको सम्मानित संसदको दुरुपयोग मात्र गरेको छैन, अन्तराष्ट्रिय समुदायमा समेत बदनाम गर्न खोजिएको छ, यो कृत्य निन्दनीय छ ।
यस्तै उक्त भिडियो क्लिपमा नेपाल सरकार र युपिएफले संयुक्त रुपमा समिटको आयोजक गरेको मात्र भनिएको छैन युपिएफ – एसियाका अध्यक्ष एकनाथ ढकालले डिसेम्बर १ मा नेपाललमा भएको समिटमा आफैलाई ‘जिससकी एकमात्र छोरी ‘घोषणा गरेकी हक जा हन मुन लाई ‘ सवैले जिससकी छोरीको रुपमा स्वीकार गरेको र कसैले विरोध नगरेको तथा सवै नेपालीले बैधानिकता दिएको भनेका छन । नेपालमा इश्वरिय राज्य स्थापना गरिएको भनिएको छ । यो नेपाल र नेपाली जनताको घोर अपमान हो ।











