कैलालीमा बलात्कारीलाई महिलाले भिराए ‘जुत्ताको माला’

13.05K
shares

बुटवल । श्रीमान विदेश भएकी एक महिलालाई बलात्कार प्रयास गरेको भन्दै कैलालीका एक पुरुषलाई स्थानीय महिलाहरुले कालो मोसो दलेर जुत्ताको माला भिराएका छन् । कैलाली गाउँपालिका वडा नम्बर १, मझेरा टोलका टुक्की नामले परिचित कृष्ण चौधरीलाई त्यहाँका महिलाहरुले यस्तो कारबाही गरेका हुन् ।

चौधरीले मङ्सिर २३ गते राती स्थानीय २३ बर्षिया ‘ए’ (नाम परिवर्तन) महिलालाई बलत्कारको प्रयास गरेकाले उनलाई कालोमोसो र जुत्ताको माला भिराउनुका साथै कारबाही स्वरुप दुई लाख रुपैयाँ जरिवाना समेत तोकिएको छ । यसबारे स्थानियवासी बालकृष्ण चौधरीले घटना सत्य भएको बताए ।

यो गाउँमा जनस्तरबाट त्यस्ता कारबाही हुनेगरे पनि प्रहरी प्रशासनलाई थाहा दिने गरिएको छैन । ईलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख प्रहरी नायव निरीक्षक रामचन्द्र पन्थले घटनाबारे आफुहरुलाई कुनै जानकारी नभएको बताए । ‘यस्ता घटना यस भेगमा निकै घट्छन्, गाउँवासीले आफै कानुन हातमा लिएर कार्वाही गर्ने गर्दछन्’ पन्थले भने,‘प्रहरीलाई जानकारी दिन्नन,तर उजागार गर्न जरुरी छ । ’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083