सहरबाट उडेर सहरमा बस्ने ‘चरा’ नेताबाट ‘काँग्रेस’ संकटमा : पूर्वराष्ट्रपति यादव

5.32K
shares

काठमाडौं । पूर्वराष्ट्रपति डा।रामवरण यादवले नेपाली काँग्रेसका नेताहरुको स्वभाव चराको जस्तो भएको बताएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पुस्तक नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवाद (पुनर्निमार्णको मार्गचित्र) को विमोचनमा नेताहरुको उक्त स्वभावबाट आफू चिन्तित भएको उनले बताए ।

पूर्वराष्ट्रपति यादवले भने, ‘चरा एक ठाउँबाट अर्को ठाउँमा उडेर जान्छ र त्यतैबाट सिधै फर्केर आउने गर्छ । कांग्रेसका नेताहरुमा पनि सहरबाट उठेर सहरमा पुग्ने र सहरबाटै फर्कने बानीको विकास भएको छ । यो कांग्रेसका लागि सबैभन्दा घातक पक्ष हो ।’

उनले पछिल्लो समयमा काँग्रेससँग टुटेको जनमासलाई जोडन नेताहरुले जिल्ला, गाउँ र बस्तीमा पुगे कार्यकतासँग भलाकुसारी गर्नुपर्नेमा जोड दिए । उनले नेताहरु रामचन्द्र पौडेल ,रामशरण महत र प्रदिप गिरीतर्फ इंगित गर्दै ५० प्रतिशत जनसंख्या बसोबास गर्न तराई क्षेत्रका जनताको माझमा पुग्न सुझाए । पूर्वराष्ट्रपति यादवले काँग्रेसलाई जनतासँग जोडन के कसरी अगाडि बढ्ने भन्नेबारे महासमितिमा छलफलको विषय बनाउन नेता रामचन्द्र पौडेलाई आग्रह गरे ।

देशमा बढेको धर्मान्तर

देशमा बढेको धर्मान्तरले द्वन्द्व बढ्ने खतरा बढेको उनको बुझाई छ । साथै पूर्वराष्ट्रपति यादवले धर्मका नाममा राजनीति नगर्न पनि काँग्रेस नेतृत्वलाई आग्रह गरे । महामन्त्री शशांक कोइरालालाई लक्षित गर्दै उनले भने, ‘पार्टीका जिम्मेवार नेताबाट संविधानको मर्म विपरित हिन्दु धर्मबारे कुरा उठेको छ । नेपाल धर्मनिरपेक्ष देश हो ।

अहिलेको अवस्थामा धर्मका विषयमा राजनीति गर्नु संविधानको मर्म विपरित हुन्छ ।’ तर, उनले धर्म परिवर्तनको खेलले देशमा द्वन्द्वको खतरा हुने भन्दै त्यसतर्फ सचेत हुन राजनीतिक नेतृत्वलाई सुझाएका छन् । साथै पूर्वराष्ट्रपति यादवले देशमा पाँच हजार चर्च खोलिएको खबर आफूले सुनेको भन्दै यस्तो धर्म परिवर्तनको खेलले देशमा द्वन्द्वको खतरा हुनेकुरामा कांग्रेसको नेतृत्व सचेत हुनुपर्ने उनको धारणा थियो ।

उनले सनातन हिन्दु धर्मको संरक्षण गर्न र बढ्दो धर्मान्तरमा रोक्न काँग्रेस नेतृत्वको ध्यानाकषर्ण गराए ।

चुरेको चिन्ता

उनले मदन भण्डारीका नाममा बनाइने चुरेमार्गले मधेशमा पानीको हाहाकार हुने भन्दै चिन्तासमेत व्यक्त गरे । साथै उनले मधेश नेपाली काँग्रेसको पकड इलाका भएको स्मरण गराउँदै काँग्रेसका पहाडी मुलका नेताहरुले उपेक्षा गर्न खोजे काँग्रेस नै संकटमा पर्ने बताए । उनले मधेशको प्राकृतिक सम्पदाको दोहन बढिरहेको भन्दै यसको रोकथामका लागि कांग्रेस अगाडि सर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘यतिबेला मधेशमा खेतबारी बेचेर खाडी मुलुकमा रोजकारीका लागि भासिने क्रम बढ्दै गएको छ । यसको कारण प्राकृतिक सम्पदामाथिको चरम दोहन नै हो यसमा ध्यान दिनुपर्ने बेलाएको छ ।’ साथै उनले संविधान केही गडबडी र हड्बडीका बीच बनेको स्मरण गराउँदै सबै नेपालीको मन जोडने गरी संशोधन गरेर कार्यान्वयनतर्फ अघि बढ्नुपर्नेमा पनि जोड दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083