राजधानीमा मनाईयो ‘नेपाली राष्ट्रिय झण्डा दिवस’
वि.सं.२०७५ पुस १ आइतवार ११:४८
4.65K
shares
shares

काठमाडौं। ‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित आइतबार नेपाली राष्ट्रिय झण्डा दिवस मनाइएको छ। अन्तर्राष्ट्रियरूपमा नेपालीपनको प्रवद्र्धन र प्रसार गर्ने उद्देश्यले यो दिवस मनाईएको हो।
राष्ट्रिय धरोहर संरक्षण महाअभियान नेपालले पहिलो पटक आइतबार पुस १ गते राष्ट्रिय झण्डा दिवसको रूपमा मनाईएको कार्यक्रम संयोजक श्याम बजगाईले जानकारी दिए। उनले २०६२ साल पुस १ गते ९१६ डिसेम्व० संयुक्त राष्ट्र संघले नेपालको झण्डालाई अङ्कित गरेको दिनलाई स्मरण गर्दै राष्ट्रिय झण्डा दिवस मनाएको बताए।
सोही अवसरमा राष्ट्रिय धरोहर संरक्षण महाअभियान नेपालको आयोजनामा विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुरबाट माइतीघरसम्म राष्ट्रिय झण्डासहितको र्याली समेत निकालिएको थियो।
































